spot_img

२४ घण्टामा २३६४ कोरोना संक्रमित थपिए,७६ जना भेन्टिलेटर र ३०४ जनालाई आईसीयूमा उपचार जारी

spot_img

काठमाडौं, देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३६३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २४ हजार ८६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना र होम आइसोलेसनमा ३१ हजार ८९८ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६८९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img