spot_img

सन्दीपको उत्कृष्ट बलिङ, पिएनजी ९५ रनमा अलआउट

spot_img

सन्दीप लामिछानेको घातक बलिङका कारण पपुवा न्युगिनी ९५ रनमा अलआउट भएको छ । ३२ ओभरमा पिएनजीको पूरै टिम समेटियो । पिएनजीको ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा सन्दीपले दश ओभरमा २५ रन दिएर पाँच विकेट लिए । उनले अन्तिम बलमा सेमो कामेयालाई बोल्ड गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।

यससँगै उनी सबैभन्दा चाँडो एक सय विकेट लिने विश्वकीर्तिमानको पनि नजिक पुगेका छन् । उनले ९८ विकेट लिइसकेका छन् । आजको खेलमा नेपालले टस जितेपछि कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए । उनको निर्णयलाई सही सावित गर्दै नेपाली स्पिनरले धारिलो बलिङ गरे । सन्दीपको पाँचका साथै, ललितनारायण राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

नेपाली स्पिनरको घातक बलिङसामु २७ ओभरमा ८२ रन बनाउँदा पिएनजीले ७ विकेट गुमाइसकेको छ । सन्दीप लामिछानेले तीन, ललित राजवंशीले दुई, कुशल मल्लले एक र सोमपाल कामीले एक विकेट लिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img