काठमाडाैँ,उर्मिला विश्वकर्मा कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र हुन् । माओवादी प्रदेशसभा सदस्य उर्मिला विक भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारीमा छिन् । राज्यमन्त्री भएदेखि समग्र कर्णाली देखि गृहजिल्लाकाे विकासकाे लागि निरन्तर छलफल देखि अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलनलाइ तिव्रता दिदैँ आएकी छन्। विशेषगरी डाेल्पाकाे विकास र परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा राज्यमन्त्री विकले निरन्तर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा, विभिन्न अन्तरक्रिया र सुझाव संकलनकाे काममा व्यस्त छिन् । राज्यमन्त्री विकले गरेकाे यस्ता किसिमका सुझाव संकलन कार्यक्रम जिल्लामा याे नाैंलाे र फरक प्रयास हाे ।
शनिबार काठमाडाैँमा माओवादी केन्द्रकाे डाेल्पा काठमाडाैँ सम्पर्क मंचकाे समन्वयमा आयाेजना गरिएकाे कार्यक्रममा पनि उपल्लाे देखि तल्लाे डाेल्पाका गाउँपालिका प्रतिनिधि देखि स्थानीयले राज्यमन्त्रीलाइ सुझाव दिएका छन्। राज्यमन्त्रीकाे यस्ताे अन्तरक्रिया कार्यक्रम आयाेजना गर्नु निकै सकारात्मक शुरूवात भएकाे बताउँदै सम्वन्धित गाउँपालिकाका प्रतिनिधि र स्थानीयले आवश्यक याेजना र समस्याहरू सुनाउँदै माग पुरा हुने विश्वास व्यक्त गरे ।
विशेषगरी उपल्लाे डाेल्पा ३ गाउँपालिका डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष,उपाअध्यक्ष,वडाअध्यक्ष र स्थानीयले उपल्लाे डाेल्पामा भाैगाेलिक विकटताका कारण यातायातमा ठुलाे समस्या भएकाे बताउँदै भेरी करिडाेर दुनै,धाे देखि माेरिम र क्याटाे नाका खुल्ला र सडक सञ्जाल जाेड्नकाे लागि विशेष पलह गर्दिन आग्रम गरे। यस्तै उपल्लाे डाेल्पाका समस्या विद्युत,सञ्चार,शिक्षा,खानेपानी र भाेकमरीकाे समस्याका बारेमा गुनाशाे पाेखे। यस्तै तल्लाे डाेल्पाका जनप्रतिनिधिहरूले धेरै याेजना दिने भन्दा पनि ठुलाे र पुरा हुने खालका ड्रिम प्राेजेक्टमा जाेड दिन आग्रह गरे ।
सबैका गुनासा सुनेपछि कार्यक्रममा बाेल्दै राज्यमन्त्री विश्वकर्माले गुनासा सुनाउनेलाइ धन्यवाद दिदैँ जिल्लाकाे विकासका लागि दत्तचित्त भएर लाग्ने बताइन् । सुर्खेत र काठमाडाैँमा जनताका गुनासा सुनेकाे र अव जिल्लाका गाउँगाउँ गएर जनताका गुनासा सुन्ने र साेहि अनुसारकाे कार्ययाेजना बनाउँने प्रतिवद्दता जनाइन् । भेरि करिडाेर पूर्णता दिने देखि जनताका आधारभुत आवश्यकता पुरा गर्ने गरि सुझाव अनुसारकाे काम गर्ने उनले बताइन्। समग्र कर्णालीकाे वेराेजगारी घटाउने देखि जिल्लाकाे विकासमा महत्वपूर्ण भुमिका खेल्न दिनरात लाग्ने मन्त्री विश्वकर्माकाे भनाइ छ ।
कार्यक्रममा सहभागि कर्णाली प्रदेशका पूर्व मन्त्री तथा सांसद विरवहादुर शाहीले पहिलाे कार्यकालमा उपल्लाे डाेल्पाका समस्यालाइ कुनै पाटि पक्ष विपक्ष नभनेर भाेकमरी समस्या समाधान गर्न विशेष पहल गरेर हाल उपल्लाे डाेल्पामा चामल ढुवानी अनुदानकाे कार्यक्रम सञ्चालन भइरहेकाे बताए। डाेल्पाकाे विकासका लागि विशेषगरी नेपालगंजकाे जमुनाह नाका देखि दुनै,धाे देखि माेरिम नाकासम्मकाे सडक निर्माण,जुम्ला मुस्ताङ र त्रिवेणी भालु सडक निर्माणलाइ मुख्य मुद्दा बनाएर प्रदेश देखि संघ सम्म निरन्तर पहल गर्ने बताए ।