spot_img

जहाँका भगवानले नै विभेद गर्छन्ः डाेल्पामा दलितलाइ मन्दीरमा पस्न नदिने देखि छाेइछिटाे जस्ता कुसस्कार झन् बढ्दाे

spot_img

रूपक कुलाल  

डाेल्पा,मुलुकमा फेरी दलित समुदायले आवाज उठाउन थालेपछि जातव्यवस्थाका विषयमा अनेक वहस शुरू भएका छन् । राष्ट्रियस्तरमा चर्चा र आन्दाेलनका विषय बनिरहदा दुर्गममा भने भगवानले नै दलित समुदालाइ विभेद गरिरकेका छन् ।

म १ महिना डाेल्पा यात्रामा तल्लाे डाेल्पा करीव पुरै गाउँ गाउँ भ्रमण गर्दा गाउँ गाउँमा छुवाछुत अझै उस्तै रहेछ । गाउँगाउँमा मष्टाेपरम्पराका मन्दीर र धामि लगाएत त्यहाका ब्रामण र क्षेत्रिहरूले अझै पनि दलित समुदायमाथि छाेइछिटाे गर्ने गरिरहेका रहेछन् । समग्र डाेल्पामा हेर्ने हाे भने बसै भन्दा धेरै त्रिपुरासुन्दरी नगरपालिकामा छुवाछुत ब्याप्त देखिन्छ ।  त्रिपुरासुन्दरी नगरपालिकाका दलित समुदायका अनुसार समय पहिले भन्दा बदलिएकाे छ,पहिलेका भन्दा नयाँ पुस्ताले खुलेआम जातिय भेदभाव गर्दैनन् । तर मन्दीरहरूमा भने सबैकाे रबैया उस्तै छ ।

डाेल्पाकाे सबै भन्दा चर्चीत मन्दीर बाला त्रिपुरासुन्दरी मन्दीरमा अहिले पनि छुवाछुत उस्तै रहेछ । मन्दीरमा छुवाछुत र दलितसमुदायलाइ मन्दीर भित्र पस्न नदिनेसम्मका कुसंस्कार अहिले पनि जिवित छ । दलीत समुदाय भन्छन् अहिले पनि मन्दीर भित्र पस्न दिइदैन,पस्न खाेज्दा ब्रामणहरूले दुस्मनकाे रूपमा लिन्छन् । स्थानीय साेझा दलित समुदायलाइ मन्दीरमा पसे देउता लाग्ने लगाएतका अनेक भ्रम छरेर ब्रामणले भेदभाव कायमै राखेका छन् ।

छुवाछुत र मन्दीरमा पस्न नदिने विषय त सामान्य रहेछ दलितसमुदायलाइ देवीका नाममा श्रम शाेषण गरेर गरेर अहिलेसम्म खाइरहेका रहेछन् । अहिले पनि जात अनुसार मन्दीरकाे काम लगाउने, गर्न नसक्ने काम भरी देवीका लागि भन्दै ब्रामणले विभेद जारी राखेका छन् । ज्वलन्त उदाहरण मन्दीरकाे गुठीकाे जग्गा ब्रामण कमाइ खान्छन् तर मन्दीरकाे काम भन्दै श्रम शाेषण गरीरहेका छन् ।

यस्तै कुसंस्कार कारण मन्दीरकाे सधैँ बदनाम हुने गरेकाे छ । दलित समुदाय देखि अधिकार कर्मीले समेत पटक पटक आवाज उठाउदा पनि प्रशासनले चासाे नदिदा समस्या समाधान अहिलेसम्म पनि भएकाे छैन ।

यस्तै डाेल्पामा सबै भन्दा धेरै मष्टाे परम्पराका मन्दीर र धामीका कारण छुवाछुत अन्त्य हुन सकेकाे छैन । न कुनै अध्ययन छ,न कुनै शास्त्रमा छ प्राकृतिक देउता भन्दै स्वघाेषीत आफुलाइ धामी बताउनेहरू कति छन् कति । उनीहरू दलितलाइ छाेए देउता रिसाउने भन्दै अनेक थरीका कुसंस्कार जन्माइ रहेका छन् ।

डाेल्पामा मुख्यगरी त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुरासुन्दरी मन्दीर वरीपरिकाे गाउँ काेट, छल र गल्ली गाउँमा सबै छुवाछुत छ। जहाँ अहिले पनि भगवानका नाममा विभेद कायम छ । धामीलाइ देउता आएपछि दलितलाइ नछुने,छाेए देउता नआउने लगाएतका कुसंस्कार जन्माइ रहेका छन् ।

शहर बजारमा छुवाछुत गर्नेे धामीलाइ कारबाहि भइरहेकाे छ तर दुर्गममा भने प्रशासनले कडाइ नगर्दा छुवाछुत अन्त्य हुन सकेकाे छैन । दलित समुदाय समेत याे कुसंस्काले जेलिएकाे धर्मबाट बाहिर निस्कन सकेकाे छैन । भगवानकै नाममा त्यहाँकाे ब्रामण देखि क्षेत्रिहरूले शताब्दी देखि दलित समुदायलाइ शाेषण गरिरहेका छन् ।

छुवाछुत बढाउने दुइ मष्टाेका मन्दीरहरूः छल र गल्ली मन्दीर

पूर्ण सार्की,डोल्पा

कानुन अनुसार जातीय छुवाछूत दण्डनीय अपराध हो। यसको कार्यान्वयन मा जिम्मेवारहरु नैं गैर जिम्मेवार बनिदिदा यस्तो विभेद र छुवाछूत समाजमा कायमै छ । डोल्पामा त झन् यसको रूप विकराल छ । डोल्पा का अधिकांश सार्बजनिक स्थाहरुमा जातीय छुवाछूतलाई प्रष्ट पार्दै संविधानको खिल्ली उडाउँदै आएका छन् । डोल्पाको प्रसिद्ध धार्मिक स्थल श्री वाला त्रिपुरासुन्दरी मन्दिर मा त झन दलितहरु लाई प्रबेश मा नै रोक लगाइएको छ । दलितहरु मन्दिर भित्र पस्न पाउँदैनन ।

त्रिपुरासुन्दरी मन्दिर को आडैमा झण्डै १०० घर धुरी दलित जाती बस्दै आइरहेका छन् । तर विडम्बना उनि हरु नै मन्दिर भित्र पस्न पाउँदैनन । यहाँ मात्रै होईन जिल्लामा झण्डै चार÷ पाँच हजारको हारहारीमा दलीत जाति छन् । मन्दीरको वाहिर पेटीमा दलित हरूको छुट्टै टीका थाली राखिएको हुन्छ । यहाँ मात्रै होइन जिल्ला भरका धार्मिक स्थल हरुमा जातीयता प्रश्न गर्दै दलीत हरु लाई भित्र पस्न त के छेउमा समेत आउन दिईदैन तर जातीय छुवाछुत र जातीयताको आधारमा छुट्याएर राखिएको टीका थाली र दलित हरु मन्दिर पस्न पाउनु पर्छ भन्ने बिषयमा कसैले टिप्पणी गर्ने हिम्मत गर्दैनन नत यो बिषयमा कोही बोल्छ नत कार्यवाही नै गर्छ। यो विषयमा डोल्पा मा भएका अधिकांश सरकारी निकायहरुहरुलाई पनि थाहा छ तर उनि हरु समेत अन्जान बनेर चुप बसिदिदा डोल्पा का दलीत हरु मन्दिरमा मात्र होइन विभिन्न सार्बजनिक स्थलहरु मा छुवाछुत बढ्दै गइरहेको छ। दलित हरु लाइ सार्बजनिक स्थलहरुमा समेत छुट्टा छुट्टै भोज को व्यवस्था गरीएको हुन्छ।

 २०६३ जेठ २१ मै नेपाल लाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनी यसको कार्यान्वयन भने डोल्पामा हुन सकिरहेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर सजाए ऐन २०६८ ले जातीय भेदभाव तथा छुवाछुत कार्य आफै गर्ने वा अरु मार्फत् गराउने कुरालाई मात्रै निषेध गरेको छैन भेदभाव तथा छुवाछुत जन्य निषेधित कार्यलाई समर्थन गर्ने दुरुत्साहन गर्ने वा उकास्ने कर्यलाइ समेत वर्जित गरी दण्डनीय बनाएको छ । सार्बजनिक तथा निजी स्थलमा जातीय भेदभाव तथा छुवाछुत जन्य कार्य गरेको अवस्थामा ऐन अन्तर्गत फौजदारी दण्डको भागीदार बन्नु पर्ने ब्यवस्था रहेको छ।

ऐन को दफा ४ को उपदफा २ ’ ख ’ मा व्यक्तिगत वा सामूहि रूपमा सार्बजनिक स्थान वा समारहोमा कूनै प्रकारको भेदभाव र छुवाछुत नगर्ने उल्लेख छ । यदि कसैले भेदभाव गरेमा ३ महिना देखि ३ वर्ष सम्म कैद र पचास हजारदेखि दुई लाख सम्म रुपैयाँ सम्म जरिवाना हुने कानुनी ब्यबस्था छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img