डोल्पाको त्रिपुरासुन्दरी मन्दीरमा अक्षयकाेषले निर्माण गरेका संरचनामा व्यापक कमसल काम,मन्दीरकाे बजेट केहि व्यक्ति माेटाउने र कमाइ खाने भाडाे बनेकाे स्थानीयकाे गुनासाे”( फाेटाे प्रमाण सहित )
रूपक कुलाल,डाेल्पा
डोल्पाको त्रिपुरासुन्दरी मन्दीरमा विभिन्न संरचना निर्माणकार्यकालागि आएकाे बजेटमा व्यापक अनियमितता भएकाे देखिएकाे छ। प्रदेश सरकार लगायतका निकायबाट विभिन्न शिर्षकमा आएको २ करोड ७ लाख ३५ हजार ९ सय ९७ बजेटमा निर्माण भएका याेजनाहरू कमसल भएकाे पाइएकाे हाे। मन्दीरका विकास निर्माण मन्दीरकाे संरक्षण र रेखदेख गर्न भन्दै बनेकाे श्री वाला त्रिपुरासुन्दरी भगवती विकास अक्षयकाेषले गरेका विकासका कामनै झाराे टार्ने र कमसल भएकाे पाइएकाे हाे ।
विशेषगरी निर्माण भएकाे खप्तडबाबा पदमार्गका रेलिङ्गका डन्डीइहरू टुट्न र फुट्न थालेका छन्। पदमार्गमा सिँडीहरूकाे काम समेत टालुवा र झाराे टार्ने खालकाे देख्न सकिन्छ। इमान्दार खवरले लिएकाे फाेटाेहेर्दा पनि स्पष्ट रेलिङ्ग बनेकाे छाेटाे समयमै टुट्न,फुट्न थालेकाे, डन्डिमा छाेइएकाे पिलर समेत भुँइसम्म नछाेएकाे पाइएकाे छ। याेजनास्थलमा जाँदा जाेकाेहिले काम कमसल भएकाे स्पष्ट देख्न सकिन्छ। मन्दीरका विकास निर्माणका काममा व्यापक भ्रष्ट्राचार र कमसल काम भएकाे स्थानीय जनगुनासाे छ ।
स्थानीय भुवन कठायतले १ हजार सिंढी बनाउन पर्नेमा ५ सय मात्रै बनाउने,रेलिङ्गकाे काम अधुरै छ,गरेकाे रेलिङ्गकाे काम पनि टुट्न र फुट्न थालेकाे छ,रेलिङ्गकाे वेस पनि छैन अनि अनिमितता भएन त ? सार्वजनिक सुनुवाइ भन्ने तर सिमित व्यक्तिलाइ जानकारी दिएर सुनुवाइ गर्ने बताए उनले थपे। अक्षय काेष भनेकाे काम गरेर बचेकाे पैसाले मन्दीरकाे व्यवस्थापन गर्ने हाे तर अक्षय काेषका नाममा मन्दीरकाे बजेट माग गर्ने काम गतिलाे नगर्ने,अरू जनताले काम गर्न खाेज्दा विराेध गरेर बजेट फ्रिज फाल्ने याे कमाइ खाने भाडाे र राजनीति गर्ने थलाे बन्याे। सम्पूर्ण बजेट,गुठी देखि भेटीकाे एक एक हिसाव हुनुपर्ने बताए नभए अख्तियारसम्म जानुपर्ने उनकाे भनाइ छ।
यस विषयमा अक्षयकाेषका अध्यक्षले बजेट लक्ष्मीकान्त उपाध्यायले बजेट अभाव भएकाेले काम फिनिसिङ्ग नभएकाे र याे अार्थिक वर्षमा थप काम गर्ने दावी गरे। तर केहि समय पहिले सार्वजानिक सुनुवाइ कार्यक्रममा बोल्दै समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकार लगायत विभिन्न निकायबाट प्राप्त रकममा २६ लाख ४४ हजार रकम बराबरका धेरै काम गरिएको दावी गरेका थिए ।
मन्दिरमा संरचना निर्माणकालागि कर्णाली प्रदेश सरकारकाको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव.०७५÷७६ र ०७६÷०७७ गरेर १ करोड ५ लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोष गरेर ६५ लाख बजेट गएकाे थियाे । राज्यले कराेडाैँ लगानी गरेका काममा अनुगमनकाे अभावका कारण यस्ता कमसल काम भएर अनियमितता हुने गरेका छन्। भने सराेकारवाला निकाय पनि माैँन हुँदा अनियमितता बढेकाे पाइन्छ। अख्तियार जस्ता कार्यलयकाे समयमै ध्यान गएर छानवीन गर्न समेत अावश्यक छ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -