spot_img

डाेल्पाली युवाहरूकाे उदाहरणीय कामः दशैँमा आफू पढेको विद्यालय रंग राेगन गरेर चिटिक्क पारे ! ( फाेटाेफिचर सहित )

spot_img

डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा–१० लिकुका स्थानीय युवाहरू निराजन खत्री र अमर गिरीले आफूले पहिले पढेको जनप्रभा प्राविधिक तथा साधारण माध्यमिक विद्यालयलाई चिटिक्क पारेका छन् । हाल दुवै निजामती कर्मचारी समेत रहेका उनीहरूले आफू पढेको विद्यालय भवनको रंगरोगन तथा विभिन्न सामग्री सहयोग विद्यालयलाई उपलब्ध गराएका हुन् ।

२०३७ मा स्थापित उक्त विद्यालयका ३१ कोठालाई ८ कामदारले ३ दिनमा कमेरो माटो तथा झ्यालढोका र बार्दलीमा समेत रातो इनामेल लगाएर चिटिक्क पारिदिएको पूर्वविद्यार्थी निराजन खत्रीले बताए । विद्यालयमा रङरोगन गर्नुका साथै कोरोना महामारीको समय सहयोगस्वरुप १ हजार वटा सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर पनि वितरण गरेका छौं’, अर्का पूर्वविद्यार्थी अमर गिरीले भने ।

सहयोगी पूर्वविद्यार्थीमध्ये खत्रीले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गरेका थिए । ०६३ मा एसएलसी उत्तीर्ण गरी उनी हाल डोल्पाकै छार्का तामसोङ गाउँपालिकाको इन्जिनियरिङ क्षेत्रमा कार्यरत छन् भने अर्का पूर्वविद्यार्थी गिरी २०६५ मा एसएलसी उत्तीर्ण हुन् । उनी हाल निजामती सेवाको लेखा प्रशासन अन्तर्गत कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखामा कार्यरत छन् ।

दसैं बिदाको समय घर आएका बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज पहाडी तथा शिक्षकसँगको सहकार्यमा उनीहरूले आफु अध्ययन गरेको विद्यालय सम्झिएका हुन् । पूर्वविद्यार्थीबाट प्राप्त सहयोगले सहयोग पुगेको विद्यालयका सहप्रधानाध्यापक दीपराज गिरी बताउँछन् ।

आफ्नै गाउँठाउँको विद्यालयमा ढिँडोआटो खाएर अध्ययन गरेका पूर्वविद्यार्थीको सहयोग पाएपछि खुसी नहुने कुरै भएन,अझ उनीहरू निजामती सेवामा प्रवेश गरेकामा विद्यालयको शिर उँचो भएको छ’, सहप्रध्यानाध्यापक गिरीले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img