spot_img

डाेल्पामा हुने जातिय विभेदका घटनामा दलित समुदायका जनप्रतिनिधिहरू र अधिकारकर्मीकाे एकै स्वरः”जातिय विभेद अन्त्य हुनुपर्छ,सराेकारवालाकाे गम्भीर ध्यानाकर्षण हाेस्”

spot_img

विभदकाे अन्त्यका लागि तत्काल पहल गर्न राज्यमन्त्री विश्वकर्माकाे जिल्ला प्रशासन देखि सराेकारवालालाइ निर्देशन 

रूपक कुलाल,डाेल्पा

केहि समय यता डाेल्पामा हुने जातिय विभेदकाे मुद्दा चर्चाकाे विषय बनेकाे छ। विभिन्न राष्ट्रिय मिडीया देखि इमान्दार खवरले विशेषगरी त्रिपुरासुन्दरी मन्दीरमा हुने गरेकाे विभेदलाइ उजागर गर्दै आएका छन् । मन्दीरमा दलित समुदायलाइ हुने प्रवेश राेक देखि टिकासम्म लगाउने,छाेइटिटाे जस्ता क्रियाकलाप झन् बढ्दै गएकाे भन्दै स्थानीय दलित समुदायले मिडीयासम्म ध्यानाकर्षण गराएका थिए ।

यस्तै जिल्लाका दलित प्रतिनिधिले जातिय विभेदका समाचारलाइ गम्भिर रूपमा लिनुपर्ने बताएका छन्। विशेषगरी डाेल्पाबाट कर्णाली प्रदेशकी सांसद तथा हाल प्रदेश सरकारकी राज्यमन्त्री उर्मीला विश्वकर्माले मन्दीर देखि अन्य सार्वजनिक स्थान र सबै किसिमका जातिय विभेद हुने क्रियाकलापलाइ अन्त्यका लागि तत्काल एक्सनमा उत्रन जिल्ला प्रशासन देखि सराेकारवाला निकायलाइ निर्देशन दिनुभएकाे छ। उनले थपिन् मैले प्रमुख जिल्ला अधिकारी र अन्य निकायलाइ सम्पर्क गरेर निर्देशन गरिसकेकाे छु,र अव डाेल्पा गएकाे वेला पनि विशेष गरी जातिय विभेदकाे मुद्दा उठाउने हाे । २१ अाैँ शताव्दीमा पनि जातिय विभेदका घटना अझ बढ्नु गम्भीर र निन्दनिय अनि नेपालकाे कानुन विपरितका कार्य हुने राज्यमन्त्री विश्वकर्माकाे भनाइ छ ।

यस्तै त्रिपुरासुन्दरी नगरपालिका १ का वडा अध्यक्ष रामचन्द्र कुलालले विभिन्न सञ्चार माध्यममा आएका जातिय विभेदका विषयलाइ गम्भिर रूपमा लिएकाे बताए। मन्दीर देखि सार्वजनिक हुने विभेदमा कमी आउनुकाे साटाे अझ बढ्दै जानु चिन्ताकाे विषय भएकाे उनकाे भनाइ छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यस्ता कानुन विपरितका कार्य नगर्न अनुराेध गरेका छाैँ । अव पनि सुधार नभए गम्भीर ढंगले अगाडी बढ्ने वडा अध्यक्ष कुलालकाे भनाइ छ ।

यस्तै जिल्लामा कार्यरत अधिकारकर्मी तथा केडका प्रतिनिधि लिला टमटाले त्रिपुरासुन्दरी मन्दीर देखि अन्य मठमन्दीरमा खुलेआम जातिय विभेद हुने गरेकाे बताए। विशेषगरी त्रिपुरासुन्दरी मन्दीर आसपासका गाउँहरूमा त चरम जातिय विभेद हुने गरेकाे उनकाे भनाइ छ। हामीले धेरै पटक मन्दीर प्रवेश देखि विभेत अन्त्यका लागि कार्यक्रम र पहल गर्याैँ तर दलित समुदायमा पनि चेतनाका कमीका कारण पनि विभेद अन्त्य गर्न समस्या भएकाे बउनले बताए । अन्धविश्वासले जरा गाडेकाेले त्यसकाे अत्यहुन जरूरी रहेकाे उनकाे भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img