spot_img

एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्दै

spot_img

काठमाडौं,नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ।पार्टी शीर्ष नेताहरूको बैठकले उपाध्यक्ष भुसाल र उपमहासचिव ज्वालालई पठाउने निर्णय गरेको एक नेताले बताए।नेकपा एसले भौतिक मन्त्रालय पाउने पक्का भए पनि अर्को एक मन्त्रालयको टुंगो नलागेको ती नेताले बताए। अहिले भौतिक मन्त्रालयको जिम्मेवारी भने मन्त्री नारायणकाजी श्रेष्ठले लिएका छन्।

स्रोतका अनुसार ज्वाला भौतिक मन्त्री बन्दैछन्। नेकपा एसबाट मन्त्री बन्न लागेका भुसाल र ज्वाला पहिलो पटक सरकारमा जाँदैछन्।ज्वाला यसअघि कर्णाली प्रदेशको भने अर्थमन्त्री भइसकेका छन्। २०६७ सालमा प्रधानमन्त्री बनेका झलनाथ खनाल प्रधानमन्त्री भएको बेला ज्वाला खनालको प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए।

सल्यानबाट तेस्रो पटक निर्वाचित भएका ज्वाला २०७० सालमा संसदमा अर्थ समितिको सभापति बनेका थिए।उपाध्यक्ष भुसाल राष्ट्रिय सभामा नेकपा एस संसदीय दलका नेता हुन्।उनी दोस्रो कार्यकालका लागि राष्ट्रिय सभाका सांसद बनेका हुन्। नेकपा एस विभाजन हुँदा महासचिव बनेका वेदुराम भुसाल चैत ५ गते उपाध्यक्ष बनेका हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img