काठमाडौँ,पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३४ हजार ९०५ छ ।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३३८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ५७० महिला र ७६८ पुरुष रहेका छन् ।