काठमाडाैँ, हप्ताको अन्तिम दिन आज सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।
हप्ताको पहिलो दिन पनि सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको ५ गते एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।