spot_img

ट्विटरको लोगो फेरियो, चराको ठाउँमा कुकुर

spot_img

वासिङटन डिसी, ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो वेब पेजमा परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर(डगी इमोजी) राखेका छन्।ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन्।

ट्विटरका सीईओले मार्च २६, २०२२ को स्क्रिनसट पनि साझा गरेका छन्। सो स्क्रिनसटमा मस्क र बेनामी खाता बीचको कुराकानी छ । सो संवादमा चराको लोगो हटाइ कुकुरको राख्ने कुरा भएको छ। ट्वीटरमा यो पोष्ट सेयर गर्दै मस्कले ‘वाचा गरे अनुसार’ लेखेका छन्।

यो परिवर्तनपछि मस्कले आफ्नो अकाउन्टमा डगी मिमलाई सेयर गर्दै फनीट्विट सेयर गरेका छन् । यसमा ड्राइभिङ लाइसेन्स जाँच गरिरहेका एक प्रहरी अधिकारीको हातमा ट्विटरको ब्लू बर्डको तस्बिर छ र कारमा बसेको कुकुरले ‘यो पुरानो तस्विर हो’ भनिरहेको छ। एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img