spot_img

घटेको हवाई भाडा आजदेखि लागू, कहाँ जान कति लाग्छ (सूचीसहित)

spot_img

काठमाडाैँ,घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । वायु सेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निर्णयअनुसार काठमाडाैँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि सात हजार पाँच सय १० रुपैयाँ तिर्नुपर्थ्यो । अब सात हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ । त्यस्तै पर्वतीय उडान अर्थात् ’माउन्टेन फ्लाइट’ को भाडा तीन सय ४५ ले घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ ।

काठमाडाैँ भद्रपुर तीन सय, विराटनगरका लागि दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाका लागि दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।

निगमले गएको सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img