काठमाडाैँ,देशभर ३४ हजार ९०५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहँदा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेको स्वास्थ्य मन्त्रालयको ताजा तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएपछि सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको हो । यस्तै काठमाडौंमा हालसम्म २६२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन् । यस्तै ६९ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ५५८ जना निको र २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ६६ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७६८ पुरुष गरी १३९८ जनामा संक्रमण पुष्टि भएको छ ।