spot_img

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १५ सय १२ संक्रमित, काठमाडौं जिल्लामा ७० हजार बढीमा कोरोना पुष्टि

spot_img

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय १२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला गरेर २४ घण्टामा उपत्यकामा १५ सय १२ संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौं जिल्लामा मात्र होम आइसोलेनमा बस्नेको संख्या ११ हजार ५७० पुगेको छ। ललितपुरमा १८०३ र भक्तपुरमा १७ सय ५० जना होम आइसोलेशनमा छन्। काठमाडौं जिल्लामा मात्र ७० हजार ७७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ हजार ४५५ सक्रिय संक्रमित छन् भने ५५ हजार ४८ जनाले कोरोना जितिसकेका छन्। काठमाडौं जिल्लामा मृतकको संख्या २७० पुगेको छ।

९ हजार ९९१ संक्रमित रहेको ललितपुर जिल्लामा ७ हजार ७३४ जनाले कोरोना जितेका छन्। २१ सय ९१ जना सक्रिय संक्रमित रहेको ललितपुरमा ६६ जनाले ज्यान गुमाएका छन्। भक्तपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ हजार ४३० पुगेको छ। ५ हजार १४४ जनाले कोरोना जितेको भक्तपुरमा १२ सय १६ जना सक्रिय संक्रमित छन् भने ७० जनाको मृत्यु भइसकेको छ।

उपत्यकामा १२ सय १५ सहित नेपालमा २४ घण्टामा २७ सय ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ। अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img