spot_img

सगरमाथामा हिमपहिरो, तीन जना बेपत्ता

spot_img

काठमाडाैँ, सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेका उहाँले बताउनुभयो ।

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । उनीहरूको खोजीका लागि प्रयास भइरहेको भए पनि खोँच रहेका कारण सफल नभएको अध्यक्ष शेर्पाले बताउनुभयो । उद्धारका लागि एसपीसीसीको टोली घटनास्थलमा रहेको छ ।

एसपीसीसीको टोलीले सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्दै आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img