काठमाडौ, कञ्चनपुरमा सिमा निरिक्षण गर्न भन्दै भारतवाट आएका सुरक्षाकर्मीलाई नेपालीले लखेटेका छन् । बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मी सिमा निरिक्षणको बहानामा आएका थिए । उनीहरुलाई नेपाली स्थानियले लखेटेका हुन् ।
आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय सिमा सुरक्षा बल एसएसबी सिमानामा आएको थियो । नेपाली सुरक्षाकर्मीसंगको समन्वय विना सिमानामा आएका एसएसबीलाई स्थानियले लेखेटि दिएका छन् । बेलौरी नगरपािलका १० का वडाध्यक्ष हरिलाल चौधरीले घटना पुष्टि गरेका छन् ।
बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको निरिक्षणका लािग नेपालसंग समन्वय नगरी आएका एसएसबीको टोलीलाई स्थानियले लखेटेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि घटना पुष्टि गर्दै नेपाली पक्षसंग समन्वय नगरी आएका कारण उनीहरुले माफी समेत मागेको बताएका छन् ।