एजेन्सी, ईण्डियन प्रिमियर लीग (आईपीएल) को १३ औँ संस्करणको दोस्रो क्वालिफायर खेल आज अर्थात आईतबार खेलिनेछ । युएईको आबुधाबीस्थित शेख जायद स्टेडियममा हुने खेलमा फाईनल प्रवेशका लागि दिल्ली क्याप्टिल्स् र सनराइजर्स हैदराबाद आमने सामने हुने भएका हुुन् ।
दिल्ली र हैदराबादखबिच आज हुने खेल नेपाली समयानुसार राति पैने ८ बजेबाट सुरु हुने छ । पहिलो क्वालीफायरमा मुम्बई ईण्डियनसँग ५७ रनले पराजित भएको दिल्ली र एलीमीनेटरमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको हैदराबाद मध्यबाट जित्ने टोली १० नोभेम्वरमा १३ औं संस्करणको आईपीएल उपाधीका लागी मुम्बईसँग खेल्नेछ ।
जारी सिजनको आईपीएलको लिग चरणमा दिल्ली ८ खेल जित्दै १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो भने हैदराबाद ७ जित सहित तालीकाको तेस्रो स्थानमा रहेको थियो ।
लीग चरणमा खेलीएका दुबै खेलहरूमा वार्नर नेतृत्वको हैदराबादले श्रेस ऐयरको कप्तानीमा रहेको दिल्लीलाई हराउन सफल रहेको थियो । हैदराबादले सिजनको ११औं खेलमा दिल्लीलाई १५ रन र ४७ औं खेलमा ८८ रनले पराजित गरेको थियो ।
तीन पटक सन् २००९, २०१६ र २०१८ गरी तीनपटक आईपीएल उपाधी जितेको हैदराबादले यस सीजन पनि उपाधी उचाल्ने होडमा रहेको छ । अर्काेपटि दिल्ली पहिलोपटक आईपीएलको उपाधि जित्न चाहन्छ ।
हाल सम्म आईपीएल उपाधी जित्न नसकेको दिल्लीले सन् २००८ र २००९ मा प्ले अफ सम्मको यात्रा तय गरेको थियो ।
सुरुवातमा सन्तुलित देखिएको दिल्लीका प्रमुख खेलाडीहरु हाल लयमा देखीदैनन् । उसका मुख्य अस्त्र कागीसो रबाडा पछिल्लो ४ खेलमा ३ खेलमा विकेट विहिन रहेका छन् भने २ शतक बनाएका शिखर धवनले पछिल्लो ५ खेलमा मात्र १ अर्धशतक बनाउँदै जम्मा ६० रन जोडेका छन् ।
पृथ्वी श, ऋशभ पन्त, श्रेयस ऐयरको प्रर्दशन पनी सन्तोस जनक छैन । स्पिनर रवीचन्द्रन आश्विन, एनरिक नोर्किया, अलराउण्डर मार्कस स्टोइनिसको लयले आजको खेलमा दिल्लीलाई केही सहजता भने पक्कै दिलाउने छ ।
यस्तै हैदरावादका राशिद खान, जेसन होल्डर, टि नटराजन, सन्दिप शर्मा जस्ता बलरहरु शानदार लयमा रहेका छन् । वार्नर र केन विलियमसन राम्रो लयमा छन् । जेसंन होल्डरले राम्रो प्रदर्शनलाई निरन्तरता दिएका छन् । मध्यक्रमका ब्याट्सम्यानहरुमा भने केही समस्या देखिएको छ । आजको खेलमा दिल्ली क्यापिटल्सका तर्फबाट नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले खेल्ने सम्भावना बढेको छ । दिल्लीलाई लेगस्पिनरको अभाव भएको, पिच स्लो भएको र अन्य खेलाडीमा भर पर्न नसकिएका कारण दिल्लीको आजको खेलमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना रहेको छ ।