हैदरावादसँग बदला लिँदै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा

काठमाडौं, दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ ।

फाइनल पुग्ने क्रममा दिल्लीले हैदरावाद विरुद्ध लिग चरणमा व्यहोरेको दुवै हारको बदलासमेत लिएको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । विलियमसनले ४५ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै अब्दुल सामदले १६ बलमा २ चौका र २छक्का मद्दतमा ३३ रन जोडे । मनिस पाण्डेले २१ कप्तान डेविड वार्नरले १७ र रासिद खानले ११ रन जोडे ।

बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । यस्तै स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गर्ने कप्तान श्रेयस अय्यरको निर्णयलाई ब्याट्सम्यानहरुले सही सावित गर्दा दिल्लीले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले अर्धशतक प्रहार गरे ।

मार्कुस स्टोइनिङलाई धवनसँग ओपनिङ गराउँदै दिल्लीले नयाँ रणनितिको प्रयोग गरेको थियो जुन सफल पनि भयो । स्टोइनिस र वनले राम्रो सुरुवात पनि दिलाए । पहिलो विकेटका लागि यी दुई खेलाडीले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । धवनले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए ।

शिमरोन हेतमायरले अविजित ४२ रन जोडे । हेतमायरले २२बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । स्टोइनिसले २७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । कप्तान श्रेयास अयेरले २१ रन जोडे ।

हैदरावादका लागि सन्दीप शर्मा रासिद खान र ज्यासन होल्डरले एक(एक विकेट लिए । आईपीएल २०२० को फाइनल खेल आउने मंगलबार मुम्बई र दिल्लीबीच हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -