spot_img

पार्टीमा रुपान्तरण गर्न जुनसुकै निर्णय लिन तयार हुनुपर्ने परिस्थिति आएको छ ः महामन्त्री थापा

spot_img

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा रुपान्तरण गर्न जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने परिस्थिति आएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि कांग्रेसलाई प्राप्त सन्देश र त्यसबारे भएको बहसलाई स्वागत गर्दै महामन्त्री थापाले पार्टीमा रुपान्तरणको यात्रा प्रारम्भ भइसकेको र अब जुनसुकै निर्णय लिनपनि तयार हुनुपर्ने परिस्थिति बन्दै गएको बताए ।

उपनिर्वाचनमा निर्वाचित तीनवटै क्षेत्रका सांसदहरुलाई बुधबार सामाजिक सन्जालमार्फत बधाई ज्ञापन गर्दै महामन्त्री थापाले जनताको चाहनाबमोजिम कांग्रेसलाई अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।

’पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई अलमलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ,’ उनले भनेका छन्,’पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं । र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं ।’

महामन्त्री थापाले उपनिर्वाचनको परिणामले कांग्रेसलाई दिएको सन्देशका सन्दर्भमा भएको बहसले कांग्रेस रुपान्तरणको अभियानमा मद्दत नै पुग्ने विश्वास रहेको बताए ।

’उपनिर्वाचनको परिणामले विशेषगरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो, र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन् । पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ,’ उनले लेखेका छन्, ’राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु ।’

उनले अहिले उठेका र आएका सबै आलोचना, सुझाव र सन्देशहरुलाई कांग्रेसले आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने समय रहेको बताएका छन् ।

’पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,’ थापाले भनेका छन्, ’विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु । निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहनाअनुरुप अपेक्षित परिणाम आइसकेको छैन ।’

उनले आमअपेक्षाअनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै आफैँ पनि खरो उत्रन नसकेको हो कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको बताएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img