डोल्पा, हिमाली जिल्ला डोल्पाका गाउँवस्तीमा छायाँकन गरिएको ‘बैरागी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एच.बि.आर कला केन्द्रको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियो शुक्रबार शान्तिश्री परीयारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त भिडियो जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ मा पर्ने चुँ गाउँमा छायाँकन गरिएको हो । गीतमा शान्तिश्री परियारको स्वर रहेको छ ।