spot_img

प्रधानमन्त्री दाहालकाे लगातारकाे सक्रियतापछि महावीर पुनको छलफल सकियो,वार्ता टाेलि गठन गर्ने

spot_img

काठमाडौं,सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए ।

उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ । आफूहरुसँग छलफलमा बसिरहँदा प्रधानमन्त्रीले दुई पटक उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसँग फोन गरेको भन्दै पुनले भने, ‘भोलि कागजमा हुँदा कस्तो हुन्छ, त्यसबेला नै थाहा होला ।’

आविस्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्नेलगायतका ४ बुँदे माग राख्दै महावीर पुनले शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img