spot_img

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँने प्रधानमन्त्रीःभौतिक मन्त्रालयको ५४ अर्ब सहित अन्य मन्त्रालयकाे बजेट कटाैँति

spot_img

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको दावी गरेका छन् । सिंहदरबारमा आइतबार किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको दावी गरेका हुन् ।

‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ’, प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।

प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको भन्दै प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै रहेको बताए । ‘आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ । तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो । यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर, ४ महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सिञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ ।’ अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको प्रचण्डको भनाइ छ ।

लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । ‘लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ । यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ । नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौ’, प्रधानमन्त्रीको भनाइ छ । भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गरेका थिए ।

‘भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्।

आइतबार काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजस्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांक पनि खराब रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेट ‘गरिबको लागि खानेकुरा’जस्तो बनेको बताए।

चालू आर्थिक वर्षमा बजेट १६३ अर्ब रहेको भए पनि आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ ११३ अर्ब दिइएको मन्त्री ज्वालाले जानकारी दिए।

‘हामी बजेट निर्माणको चटारोमा छौँ। बजेटको कमी पनि, कटौती पनि छ। कटौती भएको कम्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला। यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन। गरिबीजस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्नेजस्तो भएको छ,’ उनले भने।

भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने मन्त्री ज्वालाको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img