काठमाडाैँ,१६ वर्षअघि हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्। प्रहरीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई चाँगुनारायण नगरपालिका ७ बाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयाे ।
काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले २०६१ साल माघ ११ गते राति ८ बजे सामाखुसीमा जीवन लोहनीको हत्या गरेका थिए।
जीवन लोहनीले गिरीका साथी प्रकाश लामाको कानमा लगाएको मुन्द्रा मागेका थिए। तर मुन्द्रा नदिएपछि जीवन लोहनीले प्रकाश लामामाथि कुटपिट गरेका थिए। त्यही निहुँमा गिरीले लोहनीको हत्या गरेको प्रमुख थापाले जानकारि दिनुभयाे ।
उनलाई जिल्ला अदालत काठमाडौंले २०६४ असार ११ गतेको फैसलाले कैद सजाय तोकेको थियो। तर उनी फरार थिए। घटनापछि उनी केही समय विदेश गएका थिए। त्यहाँबाट फर्किएर पनि उनले आफ्नो नाम परिवर्तन गरेर बस्दै अाएक थिए । लामाे प्रयास पछि उनलाइ पक्राउ गर्न सफल भएकाे महाशाखाले जनाएका छ ।