spot_img

हामी पार्टी विभाजनको निकास खोज्दैनौँः नारायणकाजी श्रेष्ठ

spot_img

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजनको निकास नखोज्ने बताएका छन्। पार्टीभित्र नेतृत्वको विषयमा विवाद बढ्दै जाँदा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको शीर्ष पाँच नेताको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेता श्रेष्ठले यस्तो बताएका हुन्।

पार्टी कार्यालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठको सहभागीतामा बैठक बसेको थियो। उनले पार्टी एकतालाई विभाजनमा धकेल्ने कुरा नेपाली जनता, राष्ट्र र कम्युनिस्ट आन्दोलनको पक्षमा नहुनेसमेत बताए।

‘हामी विभाजनमा निकास खोज्दैनौँ। त्यो उपयुक्त होइन। हामीले धेरै मिहनत गरेर र महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता गरेका हौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘यो पार्टी एकताको अहिलेको असफलता वा पार्टीलाई विभाजनमा धकेल्ने कुरा नेपाली जनता, राष्ट्र र कम्युनिस्ट आन्दोलनको पक्षमा हुँदैन।’

उनले पार्टी विभाजनको बाटोले विदेशी प्रतिक्रियावादीको सेवाको काम गर्ने हुँदा त्यो नसोचेको उल्लेख गरे। ‘पार्टी विभाजनको कुरा चाहिँ देशी र विदेशी प्रतिक्रियावादीको सेवा गर्ने काम हुन्छ’, उनले भने, ‘यो गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ।’

प्रचण्डले सचिवालय बैठकको तयारी गरेपछि बालुवाटारबाट ओलीको निम्तो
प्रधानमन्‍त्रीसँगको भेट सकेर प्रचण्ड धुम्बाराहीमा ः सचिवालयका पाँच सदस्यको छलफल नेकपा शीर्ष पाँच नेताको धुम्बाराही छलफल सकियो त्यसैगरी प्रवक्ता श्रेष्ठले भारतसँगको सम्बन्ध सुधारको चाहना रहेको तर त्यो राष्ट्रिय स्वाधिनताको रक्षाका लागि हुनुपर्नेमा जोड दिएका छन्। उनले नेपाल र भारतका सन्दर्भमा अहिले देखा परेका समस्याको सकारात्मक समाधान हुनुपर्नेमा जोड दिए।

‘हामी भारतसँग सम्बन्ध सुधार भएको हेर्न चाहन्छौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘तर, सुधारको शर्त के हो भने नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र हितको रक्षा, नेपाल र भारतको सन्दर्भमा देखा परेका अहिलेका समस्याको सकारात्मक समाधान हुनुपर्छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img