spot_img

महालक्ष्मी नगरपालिका वडा नम्वर ९ ज्यागटामा सामुदायिक र क्रियापुत्री भवनकाे एकैसाथ शिलान्यास (फाेटाे फिचर सहित)

spot_img

रूपक कुलाल,ललितपुर

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर ९ ज्यागटामा एकैसाथ सामुदायिक र क्रियापुत्री भवनकाे शिलान्यास भएकाे छ। वडा अध्यक्ष जयकृष्ण बाेटगीले आइतबार दुवै भवनकाे शिलान्यास गर्नुभएकाे हाे। शिलान्यास कार्यक्रममा अन्य कार्यपालिका सदस्यहरू,वडासदस्यहरू र स्थानीयकाे सहभागिता रहेकाे थियाे । 

भवनहरूकाे शिलान्यास गर्दै अध्यक्ष बाेगटीले नगरपालिकाकाे आर्थीक सहयाेगमा निर्माण हुन लागेकाे भवनले समग्र वडावासीलाइ ठुलाे टेवापुग्ने बताए। उनले थपे “निर्वाचनकाे गरेकाे वाचा अनुसार समग्र वडाकाे विकासका लागि ज्यागटामा सामुदायीक र क्रियापुत्री भवनहरू अत्यावश्यक थियाे।”सार्वजनिक जग्गा खाेजेर भवन निर्माण शुरूगर्दासम्म सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूकाे अहम भुमिका रहेकाे अध्यक्ष बाेगटीकाे भनाइ छ। भवन निर्माण समयमै सम्पन्न हुने विश्वास सहित सामुदायीक भवनमा भाेलिका दिनमा महिला दिदिवहिनी,जेष्ठ नागरिक सहित अन्य कार्यक्रमका लागि सहज हुनेछ भने क्रियापुत्री भवनमा धार्मिक कर्म गर्न स्थानीयलाइ सहज हुनेछ।  

सामुदायिक र क्रियापुत्री दुवै भवनकाे बजेट श्रमदान बाहेक १५-१५ लाख रहेकाे छ भने जेष्ठ ३० गतेसम्म निर्माण सम्पन्न हुनेछन् ।  

 

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img