spot_img

भेरी करिडाेर अन्तरगतकाे दुनै–ल्यासीक्याप सडकखण्ड निर्माणले लियाे गतिः”काम धमाधम शुरू,समयसिमा भित्रै काम सक्ने याेजना”(फाेटाे फिचर सहित)

spot_img

रूप कुलाल,डोल्पा

डाेल्पा जिल्लाकाे सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको निर्माण कार्य शुरू भएकाे छ। विभिन्न कारणले ढिलाइ भएकाे निर्माण कार्य शुरू भएकाे हाे। त्रिदेशीय मार्ग भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि ०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएकाे थियाे । श्रेया निर्माण कम्पनीका प्रतिनिधि भिम बोहोराले काम  धमाधम शुरू भएकाे जानकारी दिए । उनले थपे “पालचा खाेलाकाे आसपासमा सडक खन्ने र ग्यामिन भर्ने काम दुइ वटा डाेजर प्रयाेग भइरहेकाे छ” । निर्माण सम्पन्न हुने मिति सम्झाता देखि ४५ महिना रहेकाेले काम समय सिमा भित्रै सक्ने कम्पनीका प्रतिनिधि बाेहाेराकाे दावी छ।

काम शुरू भएपछि केहि आशाकाे करण पलाएकाे र समय सिमा भित्र काम सम्पन्न गर्नुपर्ने सडक डिभिजिन कार्यालय चौहरजहारीकाे भनाइ छ।

भेरी करिडाेरकाे महत्व

भेरी करिडोर अन्तर्गतका जाजरकोट डोल्पा सडक निर्माण २०६५ मा सुरु भएको थियो । २०७६ मा डोल्पा सदरमुकार करिब १ सय १८ किलोमिटर सडक निर्माण भएपछि भेरी करिडोरले पूर्णता पाउने आशा पलाएको थियो । भेरी करिडोर अन्तर्गत डोल्पा सदरमुकामसम्म सडक सञ्जाल पुगिसकेको छ भने चीनको सिमानाबाट मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माणकाे काम हाल भइरहेकाे छ । यदि दुनैदेखि धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । डाेल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जाेडिएपनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ हाल केहि ठाउँमा बेलिबृज निमार्ण पछि केहि सहज भएकाे  छ । देशको उत्तर सिमाकाे सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिका जनताहरुले नेपाल तर्फ सडकको सुविधा नहुँदा सदियौं देखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनै सम्म तीन दिन सम्म पैदाल यात्रा गर्नुपर्ने बाध्यता थियाे । सम्पूर्ण खाद्य र अन्य सामानहरु महँगो मुल्यमा उपभोग गर्नु परेको गुनासाे थियाे ।

भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्ग भेरी करिडोर निमार्ण प्रकृया अगाडि बढेकाे हो भेरीकोरिडोर अन्तर्गतकाे ट्रयाक खोल्न बाँकी रहेको दुनै-लासिक्याप-धो सडक खण्डको डिपिआर अनुसारको लगभग ३ अर्ब ३५ करोडको बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई छुट्याएकाे थियाे।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन् । डोल्पा जडिबुटीको राजा भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुइमत छैन । केहि वर्ष अघि नेपाली सेनाले जाजरकोट–दुनै सडक खण्ड निर्माण पछि लासिक्याप, धो सडक खण्ड पनि नेपाली सेनाले नै बनाउनु पर्ने उपल्लाे डोल्पाका जनताको माग थियाे । तर जनताकाे  अपेक्षा विपरित सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै धाे सडक निर्माण ओझेलमा परेकाे थियाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img