spot_img

लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु,विदेश पढ्ने नाममा ६७ अर्ब १९ करोड बाहिरियोःप्रधानमन्त्री

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

उनले अघि भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’

विदेश अध्ययन गर्न जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो ः  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा ६७ अर्ब १९ करोड बाहिरिएको बताए ।

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्न जाने नाममा ठुलो रकम बाहिरिएको बताए । देशमै गुणस्तरीय शिक्षा दिन लागि परेको समेत प्रचण्डले बताए । ‘सरकारी र सार्वजनिक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी शिक्षालाई गुणस्तरीय बनाउन प्रतिबद्ध भई काम भइरहेका छन्’ प्रचण्डले भने, ‘सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img