spot_img

दरबार हत्याकाण्ड र मदन–आश्रित घटनाको नयाँ शिराबाट छानबिन हुने,शरणार्थी प्रकरण मात्रै नभई अन्य ठूला भ्रष्ट्राचारकाे फाइल खाेल्ने प्रधानमन्त्री दाहालकाे घाेषणा

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले विगतमा भएका घटना बिर्साउने प्रयास भइरहेको पनि बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।

सांसद साहले गौर हत्याकाण्डको छानबिनका लागि प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन–आश्रित घटनाको छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ’गौर हत्याकाण्डको कुरा उठाउनुभयो । म चाहिँ के पक्षमा छु भने विगतका ती सबै बीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दद्धछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा बिभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,’ उनले भने, ’अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइराखेको छ त्यसलाई हामीलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्दछु । मदान–आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ भन्ने ठान्छु ।’

यी विषयमा सबैले परामर्श गर्नुपर्ने पनि दाहालको भनाइ थियो । ती विषयमा सबैले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने प्रधानमन्त्रीले बताए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।

दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।

रौतहटको गौरमा २०६३ चैत ७ मा घटना भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा आमसभा आयोजना गरेका थिए । सोही क्रममा २७ जनाको हत्या भएको थियो ।

शरणार्थी प्रकरण मात्रै नभई अन्य विवादित ठूला केसमा पनि निष्पक्ष अनुसन्धान हुन्छ ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुशासनको थालनी गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्। उनले शरणार्थी प्रकरणमा मात्रै नभएर विवादमा आएका अन्य ठूला–ठूला विषय, पुँजी बजारलगायतमा समेत निष्पक्ष, तथ्यमा आधारित अनुसन्धान गरी सरकारले यहीँबाट सुशासनको थालनी गर्ने बताए।

दोषीलाई नछोड्ने र निर्दोष एकजना पनि नपर्ने सरकारको नीति लिएको बताउँदै प्रधानमन्त्रीले योलगायत अन्य भ्रष्टाचारका ठूला ठूला केसमा समेत तात्विक निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। यो प्रकरण पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलगायत करिब डेढ दर्जनजति उच्चपदस्थ व्यक्ति पक्राउ परिसकेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img