spot_img

अतिक्रमणकाे चपेटामा उपल्लाे डाेल्पाका ऐतिहासिक गुम्बाहरूः”याङ्जेर गुम्बाकाे सार्वजनिक जग्गा अतिक्रमण देखि गुम्बानै लामा गुरूका नाममा”

spot_img

रूप कुलाल,डाेल्पा

उपल्लाे डाेल्पाका ऐतिहासिक,धार्मिक, र पुरातात्विकाे हिसावले पनि महत्व बाेकेका गुम्बाहरू अतिक्रमणकाे चपेटामा परेका छन्। गुम्बा वरिपरीकाे भागमा रहेकाे सार्वजनिक जग्गामा लामा गुरूहरूले धमाधम जग्गा अतिक्रमण गर्दै गुम्बा निर्माण थालेका छन्। गुम्बा निर्माण गर्नु राम्राे कार्य हाे तर गुम्बा भने लामा गुरूहरूकाे आफ्नाे  नाममा दर्ता गर्ने गरेकाे पाइएकाे छ । सबैकाे सार्वजनिक जग्गा र त्यहि जग्गामा बनेका गुम्बाहरू धमाधम लामा गुरू अर्थात व्यक्तिकाे नाममा पास हुनुले संकाकाे विषय बनेकाे छ।

यस्तै चपेटामा परेकाे छ, उपल्लाे डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिका वडा नम्वर १ काे निजाल गाउँ नजिकै रहेकाे सताब्दि पुरानाे याङ्जेर गुम्बा । याे गुम्बा वरिपरीकाे सार्वजनिक जग्गामा गुम्बा बनाएर ब्यक्तिका नाममा पास गर्ने काम भएकाे भन्दै गुम्बा बिकास समितिमा उजुरी परेकाे छ।

उजुरी पछि गुम्बा विकास समितिले छानविन शुरू गरेकाे छ । विशेषगरी याङ्जेर गुम्बाका लामा र स्थानीयहरूले सार्वजनिक जग्गा मिचेर गुम्बा निर्माण गरी ब्यक्तिका नाममा गरेकाे,राष्ट्रिय निकुञ्जबाट अनुमति नलिएर धमाधम गुम्बाहरू बनाएकाे र याङ्जेर गुम्बा वरिपरीकाे सार्वजनिक जग्गामा गुम्बा बनाउँदा छलफल नै नगरेकाे लगाएतका विषय उठाएर समितिमा उजुरी दिएकाे छन्। ग्याफेल गुम्बाका लामा यलाेड धार्के लामाले गुम्बा निर्माणमा कुनै छलफल नगरेर गुपचुपमा ब्यक्तिका नाममा गरेकाे उजुरीमा उल्लेख छ ।

उता लामा गुरू धार्के लामाले गाउँपालिका,सबैवडासँग छलफल गरेर गुम्बा निर्माण गरेकाे बताएका छन्। पुर्खा देखि नै आफुहरूकाे नाममा गुम्बा निर्माण भएकाे उनकाे दावी छ । निकुञ्जबाट अनुमति लिएकाे नलिएकाेबारे एकिन नभएकाे लामाकाे भनाइ छ ।

यस विषयमा शे फाेक्सुण्डाे निकुञ्जका कार्यालय प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले पनि अनुमिति लिए नलिएकाे र अधिकार क्षेत्र भित्र रहेकाे विषय छानविन गर्ने जानकारी दिए।

निकुञ्ज क्षेत्रभित्र धमाधम सार्वजनिक जग्गा अतिक्रमण गरेर गुम्बा बनाउने अनि ब्यक्तिका नाममा पास गर्ने प्रवृति अहिले उपल्लाे डाेल्पामा व्याप्त देखिन्छ समयमै सराेकारवालाकाे ध्यान जान जरूरी छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img