spot_img

सरकारले गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गर्नेःदुर्गम जिल्लाका लागि एयर–एम्बुलेन्स सेवा दिइने

spot_img

काठमाडौँ,सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् ।

उनले गरिब घर परिचयपत्रलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले दुर्गम २ जिल्ला बराबर १ एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताएका हुन् ।

उपचार सुविधा नभएका दुर्गम जिल्ला, सुदूर पश्चिमका पहाडि जिल्लाहरुमा २ जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने, डाटाबेस अनुसार केन्द्रीय एम्बुलेन्स सेवाको व्यवस्था गरिने, जनशक्ति, उपकरण, औषधी सेवा, समायावदी व्यवस्थापन, सरसफाई समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिने उल्लेख गरे ।

सामुदायिक अस्पतालमा एक चिकित्सक, एक नर्सको व्यवस्था गर्दै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइने जानकारी दिए । यस्तै संक्रामक रोगका लागि अभियान र नसर्ने रोगका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img