महालक्ष्मी नगरपालिका वडा नम्वर ९ द्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनःसयाैँ स्थानीयले लिए लाभ (तस्विरहरू सहित)
रूपक कुलाल,ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर-९ ले शुक्रबार निःशुल्क स्वास्थ्य शिविर आयाेजना गरेकाे हाे । वडाकै ज्ञानजाेति विद्यालयमा विहान १० बजेदेखि ३ बजेसम्म शिविर सञ्चालन भएकाे थियाे । शिविरमा सयाैँ स्थानीयकाे उपचार लिनका लागि घुँइचाे नै लागेकाे थियाे ।
शिविरमा वडा अध्यक्ष जयकृष्ण बाेगटी लगाएत वडासदस्यहरूकाे पनि सहभागिता रहेकाे थियाे। वडाले पहिले देखि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे र निकट भविष्यमा पनि कार्यक्रम सञ्चालन गर्ने बताए । शुक्रबार विशेषगरी अाँखा,जनरल फिजिसियन,स्त्री राेग सम्बन्धि निशुल्क शिविर सञ्चालन गरेकाे थियाे। यस्ता किसिमका शिविर कार्यक्रमले स्थानीय वृद्दवृद्दा र महिलाले ठुलाे लाभ हुने भएकाले पनि वडाले उच्च प्राथमिता दिएर सञ्चालन गर्दै अाएकाे अध्यक्ष बाेगटीकाे भनाइ छ।
वडा द्वारा सञ्चालित शिविरमा गहते लक्ष्मीचा टाेल विकास संस्थाकाे सहयाेग रहेकाे थियाे भने प्राविर्धिक सहयाेग महालक्ष्मी अस्पतालकाे थियाे।