spot_img

राज्यबाट किसान निरुत्साहित गर्ने खेल बन्द होस्ःसांसद डाँगी

spot_img

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात गर्न लागिएको भन्दै सांसद डाँगीले बताइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद डाँगीले किसानले उत्पादन गरेको दूधलाई काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पु¥याउने व्यवस्था गर्न माग गरेकी हुन् । दूध आयात गर्दा किसानहरू निरुत्साहित हुने उनको भनाइ थियो ।

यता किसान मारमा परेका बेला, सहरी क्षेत्रमा दूधको अभाव भयो भन्ने बहाना बनाएर दैनिक १ लाख ५० हजार लिटरभन्दा बढी दूध भारतबाट आयात गर्ने चलखेल भएको छ,’ उनले भनिन्, ’भारतबाट दूध आयात गरेर नेपालमा मिल्क होलिडे गरेर किसानलाई मार्ने खेल भइरहेको छ । अवस्था डडेलधुराको मात्र होइन, देशभरि यस्तै छ । हाल नेपालमा उत्पादित ८५ प्रतिशतभन्दा बढी दूधले बजार पाउन सकेको छैन । बजार नपाएरै पटक–पटक किसानले सडकमा दूध पोखेर आन्दोलन गरेको मैले देखेकी छु ।’

स्वदेशी किसानहरूलाई निरुत्साहित गर्ने काम भइरहेको सांसद डाँगीको भनाइ थियो । उनले राज्यले नै किसानलाई निरुत्साहित गर्ने कामलाई प्रोत्साहन गरिरहेको बताउँदै सरकारलाई भनिन्, ’किसानलाई निरूत्साहित गर्ने यस्ता श्रृंखलाबद्ध खेलहरू बन्द हुनपर्छ । किसानका गोठभरि गाईभैँसी छन्, दूध खेर गइरहेको छ तर सहरमा दूध अभाव भयो भनेर भारतबाट आयात गर्न खोजिएको छ । ध्यानाकर्षण होस् सभामुख महोदय, किसान मार्ने खेलमा राज्य नलागोस् ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img