spot_img

काठमाण्डौ – पश्चिमका केही ठाउँमा बिहानैदेखि ठुलाे पानी पर्ने र हावाहुरी सहित चट्याङकाे सम्भावना

spot_img

काठमाडाैँ,पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।

आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, तराईका जिल्लामा पनि पानी परेको छ । मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ ।

भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img