spot_img

सांसद दाहालले ओली सरकारका पालामा भ्रष्ट्राचारका काण्डैकाण्ड मच्याएकाे भेनेपछिःसंसदमा एमालेको नाराबाजीपछि बैठक स्थगित

spot_img

काठमाडाैँ,प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन्।

शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी सुरु भएको थियो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई पटक–पटक बैठक सञ्चालनका लागि आग्रह गरेका थिए।तर, उनीहरुले रोस्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका छन्। सत्तापक्षमा सांसद लेखनाथ दाहालले संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीहरूले बैठकमा नाराबाजी गरिरहेका छन्।

सांसद दाहालले पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै संसदबाट पारित गर्ने कार्यसूची छ। अहिले २० मिनेटका लागि बैठक स्थगित भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img