spot_img

भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेला जस्तै अनुभव हुँदैछ, प्रधानमन्त्री दाहाल

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन्।शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको बताएका हुन्।

‘जनयुद्धका बेलामा जुन संकल्पका साथ हाम्फालेको थियो। अहिले विकृति र भ्रष्टाचारविरूद्धको लडाइँमा म त्यही मानसिकताका साथ हामफालेको अनुभव हुँदैछ,’ उनले भने, ‘जसरी जनयुद्ध सुरू गर्दा, लडाइँ सुरू गर्दा, हामीलाई को कति दिन बाँचिने हो, को कतिबेला मारिने हो भन्ने कुरा टुंगो छैन। तर पनि मृत्युवरण गरी हामफालेका थियौं। अहिलेको यो लडाइँ त्यस्तै त्यस्तै छ।’

यस्तै अहिले सरकार चलाउन चुनौतीपूर्ण अवसर भएको पनि उनले बताए। आफूहरूले गरेका कामका कारण जनतामा नयाँ आन्दोलन, अभियान र संस्कारको सुरूवात हुन खोजेको अनुभूत भएको पनि उनले बताए।

‘न्याय, सुशासन र समृद्धि नै हाम्रो मुख्य प्राथमिकता हो। यो पटक हाम्रो अगाडि चनौतीपूर्ण अवसर छ। अवसर पनि छ, चुनौती पनि छ। त्यही संकल्पका साथ हामीले काम गर्न सुरू ग¥यौं,’ उनले भने, ‘र यहाँ सम्म आउँदा जनतामा नयाँ आन्दोलनको, एउटा नयाँ अभियानको, नयाँ संस्कारको सुरूवात हुन खोजेको अनुभूत हुँदैछ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img