काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–१६ सूर्योदय टोलबाट लागुऔषधसहित बाराका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका–१६ मा रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेलाएको हो। हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।
यता कञ्चनपुरको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।