spot_img

जुम्लाले १० ठुला याेजनामा अर्बाैं बजेट पाएपछि ज्ञानेन्द्र शाहीले भने बजेट साह्रै राम्रो आएको छ

spot_img

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेट राम्रो आएको प्रतिक्रिया दिएका छन् । संसद् भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘बजेट राम्रो आएको छ । मुख्य कुरा कार्यान्वयनको पक्ष हो । कार्यान्वयन गर्ने पक्षलाई हामीले सफल बनाउनुपर्छ ।’

कृषिको कुरा बजेटले सम्बोधन नभए पनि जडीबुटी कुरा बजेटमा साह्रै राम्रो आएको शाहीले बताए । उनले भने, ‘जुम्लाको समग्र हिसाबले पनि धेरै कुरा समेटिएको छ । हामी विपक्षी भए पनि बजेटका केही सबल पाटा छन् ।’ बजेटलाई कार्यान्वयन गर्ने कुरामा सबै ध्यान दिनुपर्ने उनले बताए । संसद् विकास कोष आवश्यक नभए पनि बजेट विनियोजित भइसकेपछि एक जना सांसदले बोल्नुको अर्थ नभएको शाहीले बताए ।

‘सांसद विकास कोषका नाममा विनियोजित ५ करोड बजेट भएको छ । विगतमा यसको अनियमितता भएको थियो । अब यसको अडिट गर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने । जुम्लाले १० भन्दा बढि ठुला याेजनामा अर्बाै बजेट पाएकाेमा समेत उनले सरकारलाइ धन्यवाद निए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img