spot_img

सरकारद्वारा डाेल्पालाइ १ अर्व ८४ कराेड ७१ लाख विकासी बजेट विनियाेजनःकुन स्थानीय तहले कति बजेट पाए ? विस्तृप्त हेर्नुहाेस्

spot_img

रूप कुलाल,काठमाडाैँ

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

सरकारद्वारा विनियाेजित बजेट बजेट मध्धे डाेल्पा जिल्लाकाे भागमा १ अर्व ८४ कराेड ७१ लाख भाग परेकाे छ । ८ वटा स्थानीयतहहरूमा बिजियाेजन भएकाे विकासी बजेट अनुसार जिल्लामा सबैभन्दा धेरै त्रिपुरासुन्दरी नगरपालिकाले ३६ कराेड ५५ लाख पाएकाे छ । यस्तै ठुलीभेरी नगरपालिकाले  ३० कराेड ५७ लाख रूपैँया बजेट पाएकाे छ ।

यस्तै गाउँपालिका मध्ये सबैभन्दा धेरै मुड्केचुला गाउँपालिकाले २५ कराेड ४१ लाख प्राप्त गरेकाे छ भने जगदुल्ला गाउँपालिकाले २२ कराेड ८६ लाख बजेट पाएकाे छ । यस्तै शे फाेक्सुण्डाेले १९ कराेड ९७ लाख,डाेल्पाेबुद्दले १६ कराेड ९० लाख,छार्काताङसाेङले १४ कराेड ९५ लाख र काइके गाउँपालिकाले १७ कराेड ५० लाख पाएकाे छ ।

यस बाहेक जिल्लामा ठुला याेजना खासै बजेटमा समेटिएका छैनन् । भेरिकरीडाेरमा पहिलेका वर्षमा २ अर्व माथि छुट्याइएकाेमा हाल त्याे बजेट कटाैँति भएर ५० कराेडमा सरकारले झारेकाे छ। जगदुल्ला हाइड्राेपावरकाे निर्माणकाे कामलाइ तिव्रता दिने र सरकारले बजेट व्यवस्था गर्ने बाहेक अन्य कुनै पनि महत्वकांक्षी याेजनामा सरकारले बजेट विनियाेजन गरेकाे छैन ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img