spot_img

सुनको मूल्य लगातार बढ्दै, आज फेरि नयाँ रेकर्ड

spot_img

काठमाडाैँ,  हिजो मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।यसअघि गएको वैशाख २१ गते सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको पनि आज मूल्य बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी हिजो तोलाको एक हजार तीन सय ९५ रुपैयाँ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img