रूपक कुलाल,ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर-९ ले शनिवार निःशुल्क स्वास्थ्य शिविर आयाेजना गरेकाे हाे । वडा कार्यलयकै स्वास्थ्य शाखामा सञ्चालित शिविर विहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन भएकाे थियाे । शिविरमा सयाैँ स्थानीयकाे उपचार लिनका लागि घुँइचाे नै लागेकाे थियाे । वडाले निरन्तर निशुल्क स्वास्थ्य शिविरलाइ निरन्तरता दिदै अाएकाे छ ।
शिविरमा वडा अध्यक्ष जयकृष्ण बाेगटी लगाएत वडासदस्यहरूकाे पनि सहभागिता रहेकाे थियाे। वडाले पहिले देखि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे र निकट भविष्यमा पनि कार्यक्रम सञ्चालन गर्ने बताए । शनिबार पनि विशेषगरी जनरल फिजिसियन,स्त्री राेग,इ.सि.जी. भिडियाे एक्सरे सम्बन्धि निशुल्क शिविर सञ्चालन गरेकाे थियाे। यस्ता किसिमका शिविर कार्यक्रमले स्थानीय वृद्दवृद्दा र महिलाले ठुलाे लाभ हुने भएकाले पनि वडाले उच्च प्राथमिता दिएर सञ्चालन गर्दै अाएकाे अध्यक्ष बाेगटीकाे भनाइ छ।
सार्वजनिक विदाकाे दिनपनि वडाका जनप्रतिनिधि र कर्मचारी समेत खटिएर जनताले शिविरबाट धेरै भन्दा धेरैले लाभ लिन सकुन भनेर खटि राखेका थिए । वडा द्वारा सञ्चालित शिविरमा प्राविर्धिक सहयाेग महालक्ष्मी अस्पताल लुभुकाे रहेकाे थियाे।



















