काठमाडौं,सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही भाउमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ।
आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही भाउमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।