रूपक कुलाल,डाेल्पा
जगदुल्ला गाउँपालिका डाेल्पा पूर्ण खोप घोषणा गर्ने जिल्लाकाे पहिलाे स्थानीय तह बनेकाे छ। मंगलबार गाउँपालिकाकाे कार्यालयमा विशेष कार्यक्रम गरि जगदुल्लालाइ पूर्ण खाेप पालिका घाेषणा गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,पालिका अध्यक्ष नारसिंग रोकाया राेकाया,विशेष अतिथि डा.रत्नवीर सुनार प्रमुख अतिथि: प्रमुख जिल्ला अधिकारी, भुमिश्वर पोखरेल बिशेष अतिथि जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख डा .रत्नवीर सुनार लगाएत अन्य अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी पाेखरेलले दुर्गम भेगमा पर्ने जगदुल्ला गाउँपालिकाले छिटाे र छरिताे रूपमा जिल्लामै पहिलाे पूर्ण खाेप घाेषणा गरेकाेमा खुशी व्यक्त गर्नुभयाे । चाँडै जिल्लाका अन्य स्थानीयतहले पनि पूर्ण खाेप घाेषणा हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नु भयाे ।
यस्तै कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष नारासिंह राेकायाले जगदुल्लालाइ पूर्ण खाेप घाेषणा मात्रै नभएर हरेक हिसावबाट निरन्तर अगाडी बढाइ रहेकाे बताउँनु भयाे । शिक्षा,स्वास्थ्य देखि पूर्वाधारमा पनि पालिकाकाे साेहि अनुसारकाे लक्ष्य रहेकाे अध्यक्ष राेकायाकाे भनाइ थियाे ।
जगदुल्ला गाउँपालिका डाेल्पा दुर्गम भेगमा भएर पनि विकासमा राष्ट्रिय स्तरमा चर्चा र सरकारी डाटाहरूमा पनि अब्बल रहेकाे पालिका भित्र पर्दछ। पालिका भित्रकाे पूर्वाधार विकास,शिक्षा,स्वास्थ,सिप देखि सबै क्षेत्रमा उलेख्य प्रगति गर्दै कर्णाली प्रदेशकाे मात्रै नभएर देशकै उत्कृष्ट स्थानीयतहमा गणना हुँदै अाएकाे छ ।