काठमाडौं, सुनको भाउ बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन आठ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।