रूपक कुलाल,डाेल्पा
डोल्पामा स्थानीयतहहरुले पूर्ण खाेप कार्यक्रम घाेषणा गर्ने क्रम जारि छ । जगदुल्ला,मुड्केचुला,त्रिपुरासुन्दरी पछी अब ठुलीभेरी नगरपालिकामा पनि पूर्ण खाेप कार्यक्रम सप्पन्न भएको छ ।
शनिबार भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्याम रोकाया,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,नगरपालिका प्रमुख स्वबर्ण कुमार बुढा,अन्य जनप्रतिनिधि वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगाएत अन्य सरोकार वाला अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै समन्वय प्रमुख श्याम रोकायाले ढिलै भएपनि डोल्पाका स्थानीयतहहरुले पूर्ण खाेप कार्यक्रम घाेषणा क्रम जारी रहेकोमा खुशी व्यक्त गर्दै अन्यले पनि चाडै गर्नेमा बिस्वस्त रहेको बताउने भयो । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीलाई विशेष धन्यवाद सहित निरन्तरता पाउने बताउनु भयो । शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेर काम गर्न समेत उहाँले स्थानीयतहहरुलाइ निर्देशन दिनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी पाेखरेलले कार्यक्रमले दिगोपना,पुण खोप, र निरंतरता पाउने बिश्वास व्यक्त गर्दै आगामी दिनमा कोहि नछुट्ने गरि कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । चाँडै जिल्लाका अन्य स्थानीयतहले पनि पूर्ण खाेप घाेषणा हुने प्रमुख अधिकारीलेको भनाइ थियो।
यस्तै कार्यक्रममा बाेल्दै नगर प्रमुख बुढाले शिक्षा,स्वास्थ्य देखि पूर्वाधारमा पनि पालिकाकाे साेहि अनुसारकाे लक्ष्य रहेकाे बताउनु भयो। नगरपालिकामा सुशासन कायम राख्न प्रतिबद्ध रहेको र राम्रा कार्यलाइ निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्ने अन्य सहभागीले घोषणामा मात्र सिमित हुनेहोकी भन्ने आशंका ब्यत गरेका थिए ।
कार्यक्रममा सबै वडा कार्यालय र कर्मचारीहरुलाइ सम्मान गरिएको थियो।
























