spot_img

प्युठान कार दुर्घटना, ८ जनाको मृत्यु

spot_img


दाङ,प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ।गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए।

मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको बताए।

उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए।स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो।

प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो।कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img