काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।मंगलबार बिहान ११ बजे उनलाई महाराजगन्जस्थित गंगालाल अस्पतालमा लगिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। उनको मुटु लगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको स्रोतले बतायो।
‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ। मुटु लगायत स्वास्थ्य परीक्षण गर्नको लागि हो,’ स्रोतले भन्यो।राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले औपचारिक जानकारी दिएका छैनन्।उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।