spot_img

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा, ट्रफी घरेलु बंगलादेशलाई

spot_img

काठमाडाैँ,नेपाल बंगलादेश दोस्रो मैत्रीपूर्ण खेल ः गोलरहित बराबरीमा टुङ्गियो
काठमाडौं, २ मंसिर । कोरोना महामारीबीच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । गएको शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २(० ले पराजित भएको थियो । शुक्रबारको भन्दा सुधारिएको खेल प्रदर्शन गरेको नेपालले आज ०(० को बराबरीको नतिजा निकालेको छ । नेपालले बंगलादेशको पोलमा केहि उत्कृष्ट बलहरु प्रहार गरेपनि गोलमा परिणत भने हुन सकेको थिएन ।

खेलको सुरुवातमै तेज तामाङले लामो दूरीबाट सीधै प्रहार गरेको गोल बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि दुवै टिमको उस्तै प्रदर्शन भइरहँदा नेपालले १९ औं मिनेटमा कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गराएको थियो । त्यसपछि खेलको २३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले उत्कृष्टा प्रहार गरेका थिए । त्यो बल पोलको बारमा ठोक्किएर बाहिरीएको थियो ।

त्यसपछि ३१ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पनि उत्कृष्ठ प्रहार गरेका थिए । तर त्यो बल नेपालका गोल किपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए । त्यस्तै खेलको ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकका क्रमा उत्कृष्ट प्रहार गरेपनि किरणले बचाएका थिए । त्यसपछि दोस्रो हाफमा नेपालले खेलाडी परिवर्तन गरेको थियो । तेज तामाङको स्थानमा पुजन उपरकोटी प्रवेश गरेका थिए ।

त्यसपछि नेपालले गोल गर्ने धेरै अवसर पाएपनि गोल गर्न भने सकेको थिएन । नेपालले ७१ औं मिनेटमा पनि दुई खेलाडी पररिवर्तन गरेको थियो । दर्शन र अन्जनको ठाउँमा सेसेहाङ आङदेम्बे र रवि पासवान मैदान प्रवेश गरेका थिए । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले राम्र अवसर पाएको थियो । तर नवयुग श्रेष्ठले हेडमार्फत गरेको प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । आज मैदानमा प्रवेश गरेका पुजन,
सेसेहाङ र छिरिङको राष्ट्रिय टोलीमा डेब्यु हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img