spot_img

सूर्यविनायक–धुलिखेल सडक विस्तार समयमै सक्न मन्त्री ज्वालाको निर्देशन

spot_img

काठमाडाैँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।हिजो सूर्यविनायक–धुलिखेल सडक खण्डको अनुगमनका क्रममा मन्त्री ज्वालाले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिनुभएको हो ।

उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउनु भएको छ । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो ।

सूर्यविनायक–धुलिखेल सडक खण्ड दुई खण्डमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ । अहिले सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडक खण्ड विस्तारको काम गएको वर्षदेखि सुरु गरिएको हो । झन्डै आठ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन ठाउँमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ–बायाँ पाँच–पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img