एजेन्सी, ताइवानको एफ–१६ युद्धक विमान उडेको केही समयमा नै बेपत्ता भएको छ ।उडेको दुई मिनेटमै मंगलबार विमान वेपत्ता भएको बताइएको छ। साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।
एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची रहेको जनाइएको छ।