spot_img

डाेल्पा भ्रमणमा रहेका कर्णाली प्रदेशका दुइ मन्त्रीलाइ पत्रकारकाे सवाल जवाफः बजेट ल्याएपछि के घुमफिर गर्न डाेल्पा आउनु भाे ?

spot_img

रूपक कुलाल,डाेल्पा

केहि दिन यता कर्णाली प्रदेशका दुइ मन्त्री डाेल्पा भ्रमणमा छन् । प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा शनिवार देखि र प्रदेशकै जलस्रोत तथा उर्जा विकास मन्त्री मा.उर्मिला बिश्वकर्मा डाेल्पा भ्रमणमा छन् । आइतबार जिल्ला सदरमुकाम दुनैमा प्रमुख जिल्ला अधिकारी सहित जिल्लाभरका कार्यालय प्रमुखहरूसँग भेटघाट र छलफलमा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा विभिन्न कार्यालय प्रमुखहरूले कामकाे प्रगति विवरण,समस्या र गुनासा मन्त्रीहरू समक्ष प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा उपस्थित इमान्दार खवरका संपादक रूपक कुलालले मन्त्रीहरूलाइ जिल्लावासीकाे गुनासाे सहितकाे प्रश्न गरे । संपादक कुलालले मन्त्रीहरूलाइ बजेट आइसकेपछि डाेल्पा भ्रमण किन र उदेश्य के हाे ? बजेट बनाउनु भन्दा पहिले जनताकाे गुनासाे सुन्न किन नआएकाे अहिले के घुम्न आउनु भएकाे भन्ने प्रश्न गरे । यस्तै जिल्लामा आउने बजेट आवश्यकता अनुसार नभइ पावर,पहुँच,कमिसन र झ्यालबाट मात्रै किन प्रदेशका याेजनाहरू आउछन् ? डाेल्पाली किसानका स्याउ र अंगुर कुहिएर जाने बजेट भरि कार्यकर्ता भरणपाेषण गर्ने गरी याेजना किन हालिन्छ लगाएत थुप्रै प्रश्न गर्नुभएकाे थियाे ।

प्रश्नहरूकाे जवाफ दिदैँ कृषी मन्त्री शर्माले घुम्न मात्रै नआएकाे दावी गरे। विशेषगरी याेजनाकाे अनुमन गर्न आएकाे मन्त्री शर्माकाे दावी थियाे । याेजना अनुगमन निरिक्षण माताहतका कार्यालयका प्रगति विवरण समस्या र गुनासा सुन्न आएकाे र आगामि बजेट साेहि अनुसार आउने दावी गरे । पावर,पहुँच र कमिसनका याेजना नहालिएकाे मन्त्री शर्माले दावी गरे ।

यस्तै उर्जा मन्त्री विश्वकर्माले विविध कारणबस बजेट भन्दा पहिले आउन नसकेकाेमा क्षमा माग्दै जिल्लावासी पनि भएकाे नाताले ढिलै भएपनि व्यस्त समयका बाबजुत जिल्लावासीसँग भेटघाट गर्न आएकाे दावी गरिन् । “विशेष कारणवस मन्त्री भएकाे आउन पाइन,विभिन्न राजनीतिक घटनाक्रमले आउन नपाएपनि अहिले समय मिलाएर जिल्लाका कार्यालयगत कामकाे प्रगति विवरण,जनताका समस्या गुनासा र जिल्लावासीसँग भेटघाटका लागि आएकाे हुँ।”पत्रकार मित्रले गर्नुभएकाे प्रश्न अनुसार बजेट बनाउनु भन्दा पहिले आएकाे भए धेरै राम्राे हुने थियाे तर अहिले आए पनि केहि उपलब्धि नहुने मन्त्री विश्वकर्माकाे भनाइ थियाे ।

मन्त्रीद्वयले आगामि आर्थिक वर्षका लागि मन्त्रालयले ल्याएकाे बजेट,याेजना जनता समक्ष जानकारी गराउने अवसर मिलेकाे र कार्यन्वयनका सवालमा समेत भ्रमण उपलब्धि मुलक हुने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img